भोटो जात्रामा राष्ट्रपति भण्डारी सहभागी हुने
काठमाडौं उपत्यकामा आज राताे मच्छिन्द्रनाथ (बुगंः करुणामय द्यः) भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालकाे देवता राताे मच्छिन्द्रनाथकाे जात्राकाे अन्तिम दिन आज भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थिति रहने बताइएकाे छ ।
रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्याइएको थियाे । यसकाे चौँथो दिन परम्पराअनुसार जात्राकाे अन्तिम दिन आज भाेटाे देखाउने लागिएको हो ।
आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ । भोटो देखाइसकेपछि करुणामयलाई पुनः बुंगमतीमै पुर्याइनेछ ।
भोटो जात्राको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । gorkhapatra