बलात्कारको बिरुद्ध तीन बिद्यार्थी संगठनको प्रर्दशन

0

रुपन्देही – महिलामाथि हुने यौनहिंसा, पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यबृद्धिको बिरुद्ध बुटवलमा तीन बिद्यार्थी संगठनले बिरोध कार्यक्रम गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(बहुमत) र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीनिकट बिद्यार्थी संगठनले बिरोध गरेका हुन ।
कार्यक्रममा नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेश ईञ्चार्ज दिपेश विष्ट, बैज्ञानिक समाजवादी बिद्यार्थी संगठन प्रदेश संयोजक तुलराज बिक र क्रान्तिकारी माओवादीनिकट अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश सदस्य दिल बहादुर चुदाँराले बोल्दै महिला माथिको यौन हिंसाको अन्त्य गर्न र मंहगी नियन्त्रण गर्न माग गर्नुभयो । कोणसभा अघि बिद्यार्थीहरुले महिला हिंसा अन्त्य गर , हत्या हिंसा बलात्कार अन्त्य गर, मंहगी नियन्त्रण गर , जस्ता नारा सहितको प्ले कार्ड सहित प्रर्दशन गरेका थिए ।

You might also like