प्रधानमन्त्रीको जिल्ला डडेल्धुराका पाँच पालिकामा मतगणना हुदै, चारमा काँग्रेस अगाडी
सात वटा स्थानीय तह रहेको प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेर बहादुर देउवाको जिल्ला डडेल्धुरामा पाँच वटा पालिकामा मतगणना जारी छ । पाँच वटा मध्ये चार स्थानीय तहमा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता लिएका छन ।
अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकामा मतगणना हुँदा कांग्रेस अगाडी छ भने, परशुराम नगरपालिकामा नेकपा माओवादीका उम्मेदवार अगाडि छन । अजयमेरु र भागेश्वर गाउँपालिकामा भने मतगणना सुरु भएको छैन । यी दुई पालिकामा दिउसो १ बजे देखी मतगणना शुरु हुने जानकारी सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामा अध्यक्षका उम्मेदवार काँग्रेसका इन्द्रबहादुर कार्कीले १०३२ मत पाएका छन् । उनी संग प्रतिशपर्धामा रहेको काँग्रेस विपीका सुरेन्द्र मालीले ४९१ मत पाएका छन । यस्तै सामाजवादीका नरबहादुर विष्टले १५३ मत पाएका छन् ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा काँग्रेस र काँग्रेस बिपीका बिच कडा प्रतिशपर्धा देखिएको छ । वडा नं. १ मा ९०५ मत गणना हुदा काँग्रेसका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत सदस्यहरुले अग्रता लिईरहेका छन् ।
काँग्रेसका प्रमुख पदमा उम्मेदवार रहेका डिल्लीराज जोशीले ४०१ मत पाएका छन् । यस्तै काँग्रेस बिपीका हरी भट्टले ३७२ मत पाएका छन् । उपप्रमुखमा काँग्रेसका उम्मेदवारले ३९० मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३८६ मत पाएका छन् ।
वडा अध्यक्षमा काँग्रेसले ४३३ मत प्राप्त गरेको छ । अन्य पार्टीका उम्मेदवारहरुले २० मत पनि पार गर्न नसकेको मुख्य निर्वाचन अधिकृत हरीप्रशाद शर्मा उपाध्यायले जानकारी दिए ।
अमरगढी भन्दा दोब्बर बढी मतदाता रहेको परशुराम नगरपालिकामा भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन । १,२५६ मत गणना हुदा माओवादीका उम्मेदवारले ५२८, काँग्रेसले ४५२ र एमालेका उम्मेदवारले २६७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ ।
यसैगरी उपप्रमुखमा माओवादीले ५२८, काँग्रेसले ३६७ र एमालेले ३३२ मत प्राप्त गरेका छन् । आलिताल गाउंपालिकामा ८ सय मत गणना हुंदा नेपाली काँग्रेसका उम्मेदवारले २९७ मत पाएको छ भने नेकपा एमालेका उम्मेदवारले २७, नेकपा माओवादी केन्द्रका उम्मेदवारले १२ मत, नेकपा एकिकृतका उम्मेदवारले ११ मत र स्वतन्त्रका उम्मेदवारले ५१ मत पाएका छन् ।
नवदुर्गा गाउँपालिकामा काँग्रेसबाट अध्यक्षका उम्मेदवार लक्ष्मीप्रसाद अवस्थीले २१० मत पाएका छन । दोस्रोमा माओवादी केन्द्रका उम्मेदवार धर्मविर लुहारले १४५ मत पाएका छन । यसैगरी समाजवादीका कविन्द्र विष्टले १३८ र कांग्रेस विपीका गोकुल शाहीले १२८ मत पाएका छन् । rajdhanidaily