४ वटा साप्ताहिक पत्रिका बन्द गर्ने संचालकहरुको निर्णय

0

गोपीगंज १२ चैत्र – कोरोना संक्रमणको कारण उत्पन्न असहज परिस्थितिका कारण जिल्लाबाट प्रकाशित ४ वटा साप्ताहिक पत्रिका बन्द गर्ने निर्णय गरिएको छ । पश्चिम नवलपरासीबाट प्रकाशित हुने ४ बटा साप्ताहिकले आफ्नो प्रकाशन बन्द गर्ने निर्णय गरेका हुन ।
जिल्लामा रहेका परासीपत्र साप्ताहिक, स्थानीय पत्र साप्ताहिक, सुस्ता सन्देश साप्ताहिक र दौतरी खबर साप्ताहिकका संचालकहरुको बुधवार बसेको बैठकले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थिति सहज नहुँदा सम्मका लागि प्रकाशन नगर्ने निर्णय लिएको परासी पत्रका प्रमुख संचालक केशव पराजुलीले बताउनुभयो ।
त्यस्तै पत्रपत्रिकाको प्रकाशन बन्द हुँदा त्यसको असर प्रत्यक्षरुपमा पत्रिकाको बर्गीकरणमा पर्ने भन्दै नेपाल पत्रकार महासंघ मार्फत प्रेस काउन्सिलको ध्यानाकर्षण गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो । निर्णयानुसार प्रेस काउन्सिलले तोकेको अंक सम्बन्धि मापदण्डबारे पुर्नविचार गर्न आग्रह गर्ने समेत बैठकमा निर्णय भएको छ ।
त्यस्तै पत्रिकाका अनलाइन संस्करण भने संचालन गर्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले समाचार संकलनमा खट्ने पत्रकारहरुलाई आफु सुरक्षित भएर काम गर्न आग्रह गरेको छ । बैठकमा परासी पत्रका तर्फबाट हरि शर्मा, केशव पराजुली, स्थानीय पत्रका रविलाल पाण्डे, सुस्ता सन्देशका उमाकान्त गिरी र दौतरी खबरका नारायण भण्डारीको उपस्थिति रहेको थियो ।  त्यस्तै जिल्लामा ४ वटा साप्ताहिक र १ वटा दैनिक पत्रिका प्रकाशन हुदैं आएको छ ।

You might also like