डीआईजी लामालाई एआईजीमा बढुवा गर्न सिफारिस

0

 गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचले अवकाश पाएपछि नेपाल प्रहरीमा एआईजीका पाँच वटा दरबन्दी खाली थियो । रिक्त दरबन्दीमध्ये एउटामा मन्त्रालयले लामालाई बढुवा गर्न सिफारिस गरेको हो । एआईजीमा बढुवा भएका लामाले उमेरहदका कारण ८ जेठमा अवकाश पाउनेछन् ।

क्षेत्रीसँगै एआईजीहरु हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की र वसन्त पन्तले अवकाश पाएपछि चारवटा एआईजीको दरबन्दी खाली थियो । धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि थप एक एआईजीको दरबन्दी रिक्त भयो ।

रिक्त अन्य दरबन्दीमा चाहिँ गृह मन्त्रालयले बढुवा प्रक्रिया अघि बढाएको छैन । हाल प्रहरीमा प्राविधिकबाहेक विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक गरी तीन एआईजी छन् ।

उनीहरुमध्ये पोखरेल आईजीपी बढुवा असन्तुष्टि जनाउँदै अदालत गएका छन् र एक महिनालाई विदामा छन् । थापाले पनि अदालत जाने तयारी गरेका थिए, तर गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेपछि उनी नियमित काममा फर्किएका छन् ।  onlinekhabar

You might also like