एक हातले फूलमाला, अर्को हातले टिकट
१२ वैशाख, बारा । स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबार बारामा अनौठो दृश्य देखियो ।
जनता समाजवादी पार्टी बाराका नेता तथा सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र राय यादव आइतबारसम्म पार्टीबाट अध्यक्षमा उठ्ने तयारीमा थिए ।
तर उनले टिकट पाएनन् । उनको ठाउँमा जसपाले धर्मवीर यादवलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय लियो ।
त्यसलगत्तै महेन्द्र राय यादव लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा प्रवेश गरे । लोसपाको मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले उनलाई पार्टी प्रवेश गराए र गाउँपालिका अध्यक्षका लागि टिकट पनि दिए ।
हिजोसम्म जसपाबाट सुवर्ण गाउँपालिकाको अध्यक्षमा उठ्ने तयारी गरेका महेन्द्र राय यादव अब लोसपाबाट उम्मेदवार बनेका छन् । onlinekhabar