कैलालीमा दास हत्या प्रकरणः चार महिनापछि ४ जना पक्राउ

0

धनगढीः कैलालीमा घाँटी छिनालेर रुखमा झुन्ड्याइएको अवस्थामा फेला परेका जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटनाको झन्डै चार महिनापछि प्रहरीले उनीहरूलाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

प्रहरीका अनुसार हत्या घटना अनुसन्धानका लागि जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दासलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। महाशाखाको टोलीले वैशाख-१ मा उनीहरुलाई नेपाल-भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौं ल्याएको गरेको छ। पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेर रुखमा बाँधिएको अवस्थामा शव फेला परेको थियो। स्थानीय अमरावती सामुदायिक वनको जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो।
दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो। यस्तै भण्डारीले भारतबाटै हत्यारा हौं पक्राउ गरेर देखा भन्दै भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए। घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले अहिले पत्रकार सम्मेलन गर्दै छ।   dineshkhabar
You might also like