आईपीएल क्रिकेटमा बैंग्लोरको पहिलो जित, कोलकाता ३ विकेटले पराजित

0

 

 

चैत्र १७,काठमाडौं ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित हात पारेको छ।

बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंग्लोरले पहिलो जित निकालेको हो।

१ सय २९ रनको विजयी लक्ष्य बैंग्लोरले १९।२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा शेर्फान रदरफोर्डले सर्वाधिक २८ रनको योगदान दिए भने  शहबाद अहमदले २७ रन जोडे।  कोलकाता टिम साउदीले  ३ विकेट लिए भने उमेश यादवले २ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको कोलकाता १८।५ ओभरमा १ सय २८ रनमा समेटिएको थियो। कोलकाताका आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाए। अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

वानिन्दु हसरंगाले ४ विकेट लिए भने हर्षल पटेलले २ विकेट लिए। आकाश दीपले ३ विकेट लिँदा मोहम्मद शिराजको नाममा १ विकेट रह्यो।

बैंग्लोर पहिलो खेलमा पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको थियो।   malmalafm

You might also like