सीमा अतिक्रमण बिरुद्ध बिरोधमा सुनौली र महेशपुरमा बिरोध प्रर्दशन

0

नवलपरासी १७ मंसिर – नेकपा (क्रान्तिकारी माओवादी ) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल जिल्ला समिति पश्चिम नवलपरासीले भारतले गरेका सिमा अतिक्रमण बिरुद्ध जिल्लाका ४ स्थानमा बिरोध प्रर्दशन गरेको छ । भारतले लिम्पियाधुरा कालापानी , लिपुलेक र सुस्ता लगायतका स्थानमा गरेको अतिक्रमणको बिरुद्ध मोर्चाले जिल्लाको सिमावर्ती बजार महेशपुर , सदरमुकाम परासी , सुनवल बजार र भुमहीचोकमा प्रर्दशन तथा कोणसभा गरेको हो । नेकपा ( क्रान्तिकारी माओवादी ) सम्बद्ध मोर्चाले बर्दघाटको भुताहाबाट मोटरसाइकल ¥याली सहित पुगेर सिमावर्ती महेशपुर बजारमा कोण सभा गरेको थियो । सभामा मोर्चाका जिल्ला अध्यक्ष राजु प्रसाद खनाल,क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य प्रेमलाल रिमालले सम्बोधन गर्नुभएको थियो ।
त्यस्त परासीको बुद्धचोकमा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका प्रदेश सदस्य रवि पाण्डेयले अतिक्रमित भुमिमा नेपाली सेना राखेर भुमि सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुटनैतिक पहलको नाममा सरकारले चिर्कटो पाना पठाएर नभई उच्च राजनैतिकस्तरमा पहल गरी भुमि फिर्ता गर्नुपर्ने बताउनुभयो ।
परासी कोणसभाको क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेलले संचालन गर्नुभएको थियो ।
त्यस्तै सुनवलको मंगलवारे हाटबजारमा आयोजित कोणसभामा मोर्चाका जिल्ला अध्यक्ष राजु प्रसाद खनाल,क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य प्रेमलाल रिमाल सम्बोधन गरेको बताइएको छ ।
त्यस्तै भुमहीमा भएको कोणसभामा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाउने समय आएको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सचिव छविलाल खरेल क्रान्तिकारी माओवादीका नेता चुडामणी भण्डारी , सुर्य सापकोटा , क्रान्तिकारी युवा लीगका प्रदेश सदस्य राजेन्द्र न्यौपाने , अखिल क्रान्तिकारीमा जिल्ला संयोजक रमेश पाण्डे, थारु मोर्चाका नेता दुर्गा थारु तमु मोर्चाका जिल्ला संयोजक खेम तमु, बिजय तमु, मगर मोर्चाका संयोजक गोबिन्द बहादुर साठीघरे मगर , महिला अनेमसंघ क्रान्तिकारीका नेतृहरु मुक्तमाया महतो , बिष्णु पोखरेल, सेती थापा पदमराज पौडेललगायतको आतिथ्यता थियो । कार्यक्रमलाई स्थनीयवासी ऐक्यबद्धता जनाएका थिए । देजमोले महेशपुर देखि सुस्ता सम्म अभियान संचालन गर्ने जनाएको छ । जस अन्तरगत विहीवार बर्दघाट, जिमिरेभार,गोपीजंग, बेलाटारी र सुस्ता गाउपािलकाको बिभन्न स्थानमा कोणसभा गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष खनालले जानकारी दिनुभयो ।
त्यस्तै सीमा अतिक्रमणको विरोध गदैं देशभक्त जनगणतान्त्रिक मोर्चा–नपाल,रुपन्देहीले मंगलवार सुनौलीको दशगजा बेलहियामा प्रदर्शनसहित सभा गरेको छ । सभामा बोल्दैं नेकपा(क्रान्तिकारी माओवादीं)का पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले मिचिएका सीमा फिर्ताका लागि उच्च स्तरबाट पहल हुनुपर्ने बताउंदैं सरकारले त्यसोनगरेको दावी गर्नुभयो । उहाँले अतिक्रमित भुमी फिर्ता नभएसम्म पार्टीलेआन्दोलन जारी राख्ने चेतावनी दिनुभयो । कार्यक्रममा पार्टीका नेता विनोद मरासिनी, मोर्चाका जिल्ला अध्यक्ष आरपी शर्मा पोख्रेल,जिल्ला सचिव मुजिव अली ,अखिल क्रान्तिकारी रुपन्देहीका अध्यक्ष सग्राम लगायतले बोल्दैं राष्ट्रियताको रक्षा र सीमा अतिक्रमणका विरुद्ध जस्तो सुकैं कदम चाल्न पछि नपर्ने चेतावनी दिनुभएको थियो । मोर्चाले मंसिर १९ गते सैनामैनाको रानीबगिया र २० गते देवदहको खैरेनीमा विरोध सभा गर्ने जनाएको छ ।

You might also like