निर्वाचन आचारसंहितविरुद्धको रिटमाथि आज सुनुवाइ

0

काठमाडौं । स्थानीय तहको निर्वाचनको आचारसंंहितविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ।

उम्मेदवार बन्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाइ हुन लागेको हो।

निर्वाचन आयोगले जारी गरेको बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।

निर्वाचन आयोेगको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि असन्तुष्टि जनाउँदै आइरहेको छ। khabardabali

You might also like