‘बहुउपयोगी’ भवनको समाचार प्रशारण बारे गम्भिर ध्यानाकर्षण- हमाल
नवलपरासी- बर्दघाट नगपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले ‘बहुउपयोगी’ भवनको समाचार प्रशारण बारे गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
विहीवार वडा कार्यालयमा पत्रकार भेटघाट आयोजना गरेर कार्यपालिका प्रवक्ता समेत रहनुभएका हमालले ‘सही र तथ्यपरक’ समाचार प्रशारण प्रकाशन गर्न आग्रह गर्नुभएको हो ।
बर्दघाट ४ बाढीपिडितमा निर्माण भएको भवनको प्रयोग र वडा कार्यालयको घरबहाल बारे प्रेस बिज्ञप्ति जारी गर्दै उहाँले त्यो भवन ‘करोडौ रकमको’ र कार्यालयको भाडा ८०/९० हजार मासिकको नभएको उल्लेख गर्नुभयो ।
उहाँले समाचारले भम्र सिर्जना गरेको दावी गर्दै जारी गरिएको बिज्ञप्तिमा भनिएको छ – ‘ समाचारमा करोडौ करोडको वडा कार्यालय २ बर्ष अघि सम्पन्न भएको तर महिनाको लाखौं भाडा तिरी वडा कार्यालय संचालन गरिरहेको भनी भ्रमित समाचार प्रशारण भएको र नेपाली काग्रेंस नगर उपसभापति मन्जु चालिसेले वडा कार्यालय भनेर बनाएको तर कम्तीमा ८०/९० हजार मासिक भाडा तिरेर वडा कार्यालय संचालन गरिरहेको , बाढीपिडित क्षेत्रका मान्छेहरलाई घाँस खाने मान्छे हुन त्यसैले त्यहाँ विकास हुदैन भनेर पटक पटक अध्यक्षले भनेका छन् ‘ – भन्ने कुराले भम्र सिर्जना गरेको जनाइएको छ ।
बिज्ञप्तिमा कार्यालयको मासिक भाडा १५ हजार १ सय २५ रुपैया रहेको समेत उल्लेख गरिएको छ । बिज्ञप्तिमा ‘कसैको निहित लाभ पुग्ने समाचार निर्माण र प्रशारण गर्ने कुराले पत्रकारिता प्रति नै नकारात्मक धारणा सिर्जना हुने’ जनाइएको छ ।