संखुवासभा बस दुर्घटनाप्रति एमालेद्वारा दुख व्यक्त
२६ फागुन, काठमाडौं । संखुवासभाको मादी नगरपालिकामा १५ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाप्रति नेकपा एमालेले दुख व्यक्त गरेको छ ।
बिहीबार मदी नगरपालिकाबाट झापातर्फ जाँदै गरेको बस मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले दुर्घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली र गम्भीर घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘साथै, यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन गम्भीर ध्यानाकर्षण गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।onlinekhabar