हिरासतभित्र कसरी राखिएका छन् पल शाह ?
हिरासतमा रहेको आज बुधबार चौथो दिन। बाहिर धेरैको अनुमान छ– स्टार कलाकारको छवि बनाइसकेका पललाई हिरासतभित्र पक्कै फरक व्य”वहार गरिएको छ। धेरैलाई लागेको छ, हिरासतभित्र उनलाई अरु थु”नुवाभन्दा अलग्गै राखेर अनुसन्धान गरिएको होला।
के साँच्चै तनहुँ प्रहरीले पललाई बाहिर गसिप चलेझैं फरक ‘ट्रीट’ गरिरहेको छ त?
यही जिज्ञासासहित मंगलबार साँझ हामी जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका थियौं। जवाफमा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी युवराज खड्काले भने, ‘का”नुनको आँखामा कोही स्टार वा सेलिब्रेटी हुँदैन। हाम्रा लागि पल अभिनेता होइनन्, अभियुक्त हुन्। त्यसैले यहाँभित्र अरु थु”नुवालाई जस्तो व्य”वहार हुन्छ, उनलाई पनि त्यही गरिरहेका छौं।’
डीएसपी खड्काका अनुसार पल अरु थु”नुवा राखिएकै हिरासतभित्र छन्, उनलाई कुनै अलग सुविधा प्रदान गरिएको छैन।
रिल लाइफमा त पल हातमा ह”त्कडी लगाएर धेरैपटक अभियुक्त बने होलान्, हि”रासत पनि बसे होलान्। तर, यसपटक रियलमै उनी यो चरित्र बाँचिरहेका छन्। चार दिनयता अँध्यारो हिरासतको भुइँमा अन्य थुनुवासरह बसिरहेका छन् उनी।
उनी बसेको पुरुष थुनुवा थुनिने हिरासतमा अहिले कतिजना थुनुवा छन्? हाम्रो जिज्ञासामा डीएसपी खड्काले दिएको जानकारीअनुसार अहिले पुरुष हिरासतमा थप तीनजना थुनुवा छन्। पहिलो हुन्, क”र्तव्य ज्या” न मु”द्दाका दुर्गाबहादुर परियार। तनहुँस्थित व्यासकै एक व्यक्ति”लाई आ” क्र मण गरेर लु” टेको अभियोगमा उनी त्यहाँ थुनिएका छन्।
दोस्रो छन्, लागु पदार्थ दुर्व्यसनको मुद्दामा अनुसन्धारत सुन्दर विक। अनि तेस्रो, सवारी ज्यान मुद्दा खेपिरहेका चालक लिला बहादुर सुनुवार। हिरासतभित्र पलसँग रहेका साथीहरु यिनै हुन्। ‘तर, पल अरु थुनुवाहरुसँग खासै गफिएका छैनन्, जतिखेर पनि झोक्राइरहेका हुन्छन्,’ प्रहरी स्रोतले भन्यो, ‘आफूमाथि लागेको क”सुरबारे पनि खासै कुरा गर्न चाहँदैनन्। अब त बाहिरबाट भेट्न आउने मान्छेसँग पनि झर्को मान्न थालेका छन्। आमा बुबाबाहेक अरुसँग भेट्दिन भन्न थालिसके।’
यतिखेर फिल्म हलहरुमा पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ चलिरहेको छ। फिल्मका निर्देशक सुदर्शन थापा मंगलबार दिउँसो ‘भाइ भेट्न’ भन्दै श्रीमती सुप्रिया कटुवालसँगै उनी दमौली आइपुगेका थिए। दुवैले हिरासतभित्र रहेका पललाई भेटेपछि बाहिर मिडियासँग ‘पल कन्फिडेन्ट रहेको’ प्रतिक्रिया दिए। तर, प्रहरी स्रोत भन्छ, ‘उनी बाहिर भनिएजस्तो कन्फिडेन्ट देखिँदैनन। पूरै निराश छन्। जतिखेर पनि झोक्राइ रहन्छन्।’
प्रहरीसमक्ष आत्मसर्मपण गर्नुअघि पलले एक भिडियो सार्वजनिक गर्दै प्रहरीसँग एकपटक दर्शकसँग आफ्नो फिल्म हेर्ने प्रबन्ध मिलाइदिन अनुरोध गरेका थिए। उनको आग्रह थियो– ‘नेपाली फिल्म दर्शकसँग बसेर हेर्ने तीन–चार वर्षदेखिको सपना थियो। मैले सुनेअनुसार शुक्रबार र शनिबार फिल्मले राम्रो व्यापार गरेको छ रे। त्यसमा खुसी लागेको छ। मेरो एउटा इच्छा छ। अब सम्भव हुन्छ कि हुँदैन, एकचोटि दर्शकसँग बसेर ‘म यस्तो गीत गाउँछु २’ हेर्न चाहन्छु। सम्भव भयो भने एकचोटिलाई यो मौका मिलाइदिनु होला।’
उनले भिडियोमार्फत राखेको यो आग्रह प्रहरी कार्यालय पुगेपछि पनि राखे त?
जवाफमा डीएसपी खड्काले हाँस्दै जवाफ फर्काए, ‘हामीसँग त त्यस्तो भनेका छैनन्। भने पनि त्यो सम्भव कुरा होइन।’जवाफमा डीएसपी खड्काले हाँस्दै जवाफ फर्काए, ‘हामीसँग त त्यस्तो भनेका छैनन्। भने पनि त्यो सम्भव कुरा होइन।’
जबरजस्ती करणी गम्भिर प्रकृतिको मुद्दा हो। यस्तो अभियोगमा हिरासत परेका अभियुक्तले त्यस्तो आग्रह गर्नु आफैंमा हास्यास्पद रहेको उनको आशय थियो।
धेरैलाई लागेको हुनसक्छ, ‘पल शाह त हिरो हुन्, उनलाई हिरासतभित्र पनि ‘भीआईपी खाना’ खुवाइएको होला या बाहिरबाट ल्याउने सुविधा दिइएको होला।’ तर, डीएसपी खड्काका अनुसार अरु थुनुवालाई जे खुवाइन्छ, उनलाई पनि त्यही खाना दिइन्छ। ‘कोभिडका कारण बाहिरबाट खाना ल्याउन दिएका छैनौं,’ उनले भने।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १८ वर्ष नपुगेकी बालिकालाई सहमतिमा पनि यौन सम्पर्क गर्न मिल्दैन। यसरी यौन क्रियाकलाप गरेको देखिएमा जबरजस्ती करणी मानिने व्यवस्था छ। दफा २१९ (२) मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिन्छ।’
अधिवक्ता अरुण पौड्यालका अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ। ‘त्यसैले पलले पीडित किशोरीमाथि शारीरिक सम्पर्क राखेको प्रमाणित भयो भने उनीमाथि कानुनमा व्यवस्था भएअनुसार यो सजाय हुनसक्छ उनले भने। mankamanaonline