शहीद स्मारक बी डिभिजन लिग : खुमलटारको जित

0

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थिन एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा खुमलटारले श्री भगवती यथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको २१औँ मिनेटमा दिवस छन्त्यालले गोल गर्दै खुमलटारलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ३१औँ मिनेटमा भगवती युथ क्लबका खेलाडी सन्तोष केसीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५५औँ मिनेटमा दिवसले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए ।

खेलको ८३औँ मिनेटमा सुरज बस्नेतले गोल गर्दै खुमलटारलाई ३–१ को अग्रता दिलाए । खेलको ८९औँ मिनेटमा प्रशन्न श्रेष्ठले गोल गर्दै खुमलटारको अग्रता ४–१ को बनाए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भगवती युथका राजु गुरुङले गोल गरेपनि खुमलटार ४–२ ले विजयी भयो । यस जितसँगै खुमलटारले १० खेलमा १५ अङ्क जोडेको छ । यता पराजित भगवतीले समान १० खेलमा १४ अङ्क जोडेको छ ।  khabardabali

You might also like