एमसीसी सम्झौताको ‘व्याख्यात्मक घोषणा’ न्यानो थाङ्नाबाहेक केही होइन : खनाल
मोरङ — नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताले नेपालीको भाग्य र भविष्यमा दूरगामी असर पार्ने भएकाले आफूहरुले नमान्ने बताएका छन् ।
खनालले एमसीसीमा अनेकौं राष्ट्रघाती कुराहरु भएकाले आफूहरु नमान्ने भनाइ दोहोर्याए । ‘व्याख्यात्मक टिप्पणीको प्रस्ताव र एमसीसी सम्झौता छुट्टाछुट्टै पारित हुनुपर्ने थियो तर त्यस्तो गरिएन,’ उनले भने, ‘संसद्को विधि विधानविपरीत एमसीसी पास भयो त्यसैले कार्यान्वयनमा भयानक चुनौती छ र हामीहरु मान्दैनौं ।’
एमसीसी सत्ता टिकाउनलाई हतारहतार पास गरिएको उनको भनाइ थियो ।
खनालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव विस्तारै सदनमा अघि बढ्ने विश्वास व्यक्त गरे ।kantipurnews