एम.सी.सी. बिरुद्ध आन्दोलन उठाउदैं संयुक्त संर्घष समिति

0

पप्पु रेग्मी
नवलपरासी – अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बिरुद्ध पश्चिम नवलपरासीमा ६ कम्युनिष्ट पार्टी र दुई मोर्चा सम्मिलित संर्घष समितिले आन्दोलन उठाउदै आएको छ ।
केन्द्रीय कार्यक्रम अनुसार दिनहु जसो आन्दोलनका कार्यक्रमहरु जिल्लामा भइरहेका छन् । संयुक्त संर्घष समितिमा आबद्ध दल तथा मोर्चाले बिहीवार परासीमा नाराबाजी धर्ना तथा घेराउ कार्यक्रम गरेको हो ।
एमसीसी खारेजीको माग गर्दै मोर्चाका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन । घेराउ पछिको कोणसभमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले एमसीसी खारेजीको बिकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणी भण्डारी , राष्ट्रिय जनमोर्चाका रेम राना , नेकपा (मसाल)का जिल्ला प्रबक्ता धनपति सापकोटा विप्लव नेकपामा नेता रामप्रीत, माओवादी कम्युनिष्ट पार्टीका प्रेम ढकाललगायतले बोल्दैं एमसीसी हिन्द प्रशान्त सैन्य रणनीतिको अंग रहेकोले यसलाई खारेज गर्नुपर्ने बताउनुभयो । कार्यक्रम नेकपा नेतृ कृतिको संचालनमा भएको थियो ।

 

You might also like