रुपन्देही सुपर लिग क्रिकेटको उपाधि मेलबर्नलाई

0

बुटवल ,१२ चैत्र । रुपन्देहीमा सुपर लिग ए डिभिजन क्रिकेट प्रतियोगिताको उपाधि मेलबर्न क्रिकेट क्लबले जितेको छ । भैरहवामा भएको फाइनलमा मेलबर्नले बुद्ध क्रिकेट क्लबलाई नौ विकेटले पराजित गर्यो ।

विजेता टिमले ८० हजार, सिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेताले ४० हजार, सिल्ड र मेडलमा चित्त बुझायो । बलरको चमत्कारी बलिङले मेलबर्नको सहज जित भयो । टस जितेर व्याटिङ गरेको बुद्ध ११ ओभर पाँच बलमा अलआउट भएर मात्र २८ रन बनायो ।

उसका ६ जना खेलाडी शून्य रनमा प्याभिलियन फर्किए । अजय त्रिपाठीले सर्वाधिक १० रन बनाए । बाँकी खेलाडिले मात्र नौ रन बनाए । नौ रन अतिरिक्त हो । सस्तैमा रोक्न रमेश कुर्मीले ६, सन्तोष यादवले तीन विकेट लिए । जबाफी व्याटिङ गरेको मेलबर्नले सात ओभरमा लक्ष्य पूरा गर्यो । सुशान्त थापाले नटआउट १५ रन जोडे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर रोशनलाल गुप्त, उत्कृष्ट ब्याट्सम्यान बिजय पर्जापती भए । उत्कृष्ट खेलाडीलाई नगद सहित सम्मान गरिएको थियो ।butwalonline

You might also like