थप ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
१० फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल एक हजार ७४७ जना संक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ३६७ संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् भने ३८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११५ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५ जना कोरोना संक्रमित थपिएका छन् ।onlinekhabar