ग्रामीण साकोसद्वारा रक्तदान सम्पन्न

0

ग्रामीण साकोसद्वारा रक्तदान सम्पन
बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नपा– ७ बर्दघाटमा केन्द्रीय काार्यालय रहेको ग्रामीण साकोसको २८ औं स्थापना कार्यक्रम भएको छ । सो संस्थाले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको जनाएको छ । रक्तदान कार्यक्रममा २५ जना पुरुष र ५ जना महिला गरी जम्मा ३० जनाले सफलतापूर्वक रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी शाखा नवलपरासी (बसुप) को प्राविधिक सहयोगमा रहेको थियो । सो कार्यक्रमको उद्घाटन बर्दघाट वडा नं. ७ का वडा अध्यक्ष ध्रुव थारुले गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष देवि प्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक सुरज के.सी. स्वागत संस्थाकी सचिव राधा ढकालको संचालन व्यवस्थापक अनन्त पाण्डेको सहजीकरणमा कार्यक्रम भएको हो ।

You might also like