एमसीसीको सीईओमा एलिस अलब्राइट चयन

0

 

एमसीसीका कार्यवाहक सीईओ महमुद बाहले एलिसलाई बधाई दिंदै उनको स्वागतका लागि उत्साहित भएको बताएका छन् । ‘संयुक्त राज्य अमेरिका र एमसीसी परिवार हामी सबै एलिसलाई स्वागत गर्न निकै उत्साहित छौं,’ उनले भनेका छन् । एमसीसीको इतिहासको एक महत्वपूर्ण समयमा एलिस नेतृत्वमा आएको उनले उल्लेख गरेका छन् ।

एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो । उसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग दिंदै आएको छ ।

नेपालमा पनि अमेरिकाले एमसीसीमार्फत करिब ६० अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । तर विभिन्न बहस र विवादका कारण त्यो संसदबाट पास हुन सकेको छैन  ।

नेपाल सरकार र अमेरिकाबीच १४ सेप्टेम्बर २०१७ अर्थात् २०७४ साल भदौ २९ गते एमसीसीसम्बन्धी सम्झौता भएको थियो । विद्युत प्रसारण लाइन निर्माण र सडक पूर्वाधारमा सहयोग सम्झौता भए पनि अझै कार्यान्वयन हुन सकेको छैन !online khabar

 

You might also like