बर्दघाट नगर छिट्टै पुर्ण सस्थागत सुत्केरी घोषणा गर्ने तयारी
रु. ५ हजार प्रोत्साहन पाउदैछन आमाहरु
बर्दघाट : बर्दघाट नगरपालिकालाई पुर्ण सस्थागत सुत्केरी नगर घोषणा गर्ने अभियान अन्तरगत बुधबार वडा-२ लाई पुर्ण सस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । यो सहित अब नगरका १५ वटा वडा पुर्ण सस्थागत सुत्केरी भएको छ । अब वडा ४ लाई पुर्ण सस्थागत सुत्केरी घोषणा गरेपछि नगरपालिकालाइ पुर्ण सस्थागत सुत्केरी घोषणा गर्ने नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार सस्थागत रुपमा सुत्केरी भएका आमाहरुलाइ प्रोत्साहन स्वरुप रु ५ हजार रुपैया प्रदान गर्दै आएको छ ।