देजमो पाल्पा जिल्ला सदस्य सारुको निधन प्रति शोक व्यक्त

0

पाल्पा : नेकपा क्रान्तिकारी माओवादी पाल्पा र देजमो पाल्पाले पार्टीको विभिन्न कमिटीमा कार्यरत दुर्गा बहादुर सारुको निधन प्रती शोक ब्यक्त गरेको छ ।  देजमो पाल्पाका जिल्ला सदस्य सारुको ४३ बर्षको उमेरमा उच्च रक्तचापको कारण निधन भएको थियो । उहाँको निधन सिङ्गो आन्दोलनमा अपुरणिय क्षेती भएको क्रान्तिकारी माओवादी पाल्पा सेक्रेटरी पदम लामिछानेले जानकारी दिनुभयो । सारुको परिवार पुर्बखोला-४ देविनगर बोली पोखरामा बस्दै आएको छ ।  उहाँको पौष २२ गते प्रभास अस्पताल लैजादै गर्दा निधन भएको हो । उहाँको पार्थिव शरीरमा जिल्ला सेक्रेटरी लामिछानेले पार्टीको झन्डा ओडाएर अन्तिम बिदाइ गर्नुभएको क्रान्तिकारी माओवादी पाल्पाले जनाएको छ ।

You might also like