देशभक्तहरुको मोर्चा आजको आवश्यकता – महासचिव मैनाली
रवि पाण्डेय
नवलपरासी २२ पुष – नेकपा (माले)का महासचिव सिपी मैनालीले देशभक्त र बिदेश भक्त बीच धुब्रीकरण आवश्यक रहेको बताउनुभएको छ । महाधिबेशन सन्देस सभा सम्पन्न गरेर काठमाण्डौ फर्कने क्रममा पश्चिम नवलपरासीको सुनवलमा भएको अन्तरक्रियामा बोल्दै उहाँले देशभक्तहरुको मोर्चा आवश्यक रहेको बताउनुभएको हो ।
‘अहिले देशमा चार थरि विचार बोक्नेहरु छन् । प्रजातान्त्रिक, बामपन्थी, कम्युनिष्ट र परम्परागत राष्ट्रवादी , यी चारै विचार भित्र देशभक्त छन् – मैनालीको भनाई उदृत गर्दै माले बैकल्पिक केन्द्रीय सदस्य जिल्ला सचिव भरत पाण्डेले भन्नुभयो – सबै देशभक्तहरु एकगढ हुनुपर्छ । यस एजेण्डामा आउछन् भने पूर्व राजा समेत अटाउनेछन् ।
बिदेशी हस्तक्षेपका बिरुद्ध पूर्व राजा ज्ञानेन्द्र राजाको हैसियतमा नभई नागरिकको हैसियतमा आए उनीसंग मिलेर देशभक्तहरुको मोर्चा बनाउन सकिने मैनालीको तर्क थियो ।
हरेक परिर्वतन पछि राष्ट्र कमजोर भएको भन्दै महासचिव मैनालीले एमसीसी खारेजीको बिकल्प नभएको बताउनुभयो । ‘बि.स. २०४६ को परिर्वतन पछि लिम्पियाधुरा लिपुलेक र कालापानीलाई विवादित भनियो’– मैनालीले भन्नुभयो –’२०६२÷०६३ पछि फेरि विदेशीको चलखेल बढ्यो । अहिले आएर भारतले विवादित भनिएको भुगोलको नक्सा जारी ग¥यो । त्यसैले राष्ट्र जोगाउन देशभक्तहरु मिल्नुपर्छ ।’
बिदेशी हस्तक्षेपका बिरुद्ध पार्टी भन्दा माथि उठेर संर्घष गर्नुपर्ने मैनालीको भनाई थियो ।