जमुनियामा क्रान्तिकारी माओवादीको बिरोध कार्यक्रम

0

बर्दघाट : नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले मंगलबार जमुनियामा कोणसभा गरेर एमसीसीको बिरोध गरेको छ ।

आयोजित कोण सभामा बोल्दै अखिल नेपाल रास्ट्रिय शिक्षक सङगठनका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संयोजक क्षेत्र बहादुर थापाले राष्ट्रघाती एमसीसी संसदबाट पास गर्ने जनप्रतिनिधिलाई जनताले गाउँगाउँ बाट लखेट्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका महासचिव रवि पाण्डेयले एमसीसी सम्झौता संग नेपालको संविधान बाझिएमा कम्प्याक्टको बिषय हुने प्रावधानमा ठुलो राष्ट्रघात रहेको दावी गर्नुभयो । उहाँले राष्ट्रको बौद्धिक सम्पति अमेरिकी साम्राज्यवादको हात जाने भएकोले यो जनघात पनि हो –भन्नुभयो ।

उहाँले भुमण्डलीकृत सुचना साम्राज्यवादले जनतामा भम्र छरेको जिकिर गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी छबिलाल खरेलले रास्ट्रघाती एमसीसी खारेजीको आन्दोलन गाउँ गाउबाट उठेर दलालहरुका विरुद्ध लाग्नु पर्ने बताउनु भयो । त्यस्तै देशभक्त जनगणतन्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणि भन्डारीले अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवाद्बाट राष्ट्रलाई स्वाधीन बनाउन राष्ट्रघाती जनघाती असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कोणसभा अघि एमसीसीको विरुद्ध नाराबाजी गरिएको थियो ।

You might also like