नवलपुरमा एक वर्षमा ७६ जनाले गरे आत्महत्या

0

ज्ञानु पंगेनी
नवलपुर , १२ साउन

नवलपरासी पूर्व नवलपुरमा एक वर्षको अवधीमा ७६ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा आत्महत्याको ७६ वटा मुद्धा दर्ता भएका छन् । जसमा झुन्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढि ६८ वटा छ । विष खाएर ६ , आगो लगाएर १ र हामफालेर १ जनाले आत्महत्या गरेका छन् । जसमध्ये एउटा पनि फर्र्छौैट हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा गत आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न किसिमका अपराध सम्बन्धि ३ सय ५५ वटा मुद्धा दर्ता भएका थिए ।
गत आर्थिक वर्षमा दर्ता भएका ३ सय ५५ वटा मुद्धा मध्ये १ सय ८१ वटा मुद्धा फर्र्छौैट भएको छ भने , १ सय ७४ वटा मुद्धा फर्र्छौैट हुन बाँकी छ ।

प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढि ज्यान सम्बन्धि अपराधमा मुद्धा दर्ता भएका छन् । जुसमा भवितव्य ज्यानको ४० , फुटकर ज्यानको ३३ , कर्तव्य ज्यानको ४ र ज्यान मार्ने उद्योगको ३ वटा मुद्धा दर्ता भएका छन । ज्यान सम्बन्धि अपराधका ५ वटा मात्रै मुद्धा फर्र्छौैट भएका छन । ७५ वटा फर्र्छौैट हुन बाँकी छ ।
दोश्रो स्थानमा आत्महत्या गर्ने मुद्धा बढि छ । गत वर्ष आत्महत्याको ७६ वटा मुद्धा दर्ता भएको छ ।
प्रहरी कार्यालयको तथ्याङ्क अनुसार तेश्रो स्थानमा लागुऔषध सम्बन्धि मुद्धा छन । लागुऔषध सम्बन्धि ५९ वटा मुद्धा दर्ता भएको छ । जसमा ५८ वटा फर्र्छौैट भैसकेका छन भने एउटा बाँकी छ । नवलपरासी लागुऔषधको ट्रान्जिन्ट प्वाईन्टको रुपमा पनि लिने गरिन्छ । खास गरि लागु औषध ओसार पसारमा संलग्नलाई प्रहरी चेकजाँचका क्रममा र सुराकीका आधारमा पक्राउ गरि मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका मुद्धा फाँटका टिकाराम पोख्रेलले बताउनुभयो ।
यसैगरि केहि सार्वजनिक अपराध जस्तै ( गालीगलौज , अपशब्द प्रयोग , जिस्काउनु , धम्काउनु ) लगायतका अपराधका ५१ वटा मुद्धा दर्ता भएका छन । ४८ वटा फर्र्छौैट भएको छ भने ३ वटा बाँकी छ ।

यसैगरि नकबजनी चोरीको ३ वटा , डाँका एउटा जुवातासको ५ वटा , खरखजाना सम्बन्धि एउटा मुद्धा दर्ता भएको मुद्धा फाँटका पोख्रेलले बताउनुभयो । जातीय छुवाछुत तथा भेदभाव सम्बन्धि एउटा , आगलागी सम्बन्धि ४ वटा मुद्धा दर्ता भएको छ ।

यस्तै बहुविवाहको ८ वटा , जबरजस्ति करणीको ११ वटा , जबरजस्ति करणी उद्योगको ८ वटा , बाल यौन दुव्र्यवहारको एउटा , अप्राकृतिक मैथुनको एउटा मुद्धा दर्ता भएको छ । भने , सवारी ज्यान सम्बन्धि ३१ वटा, सवारी दुर्घटनाबाट भवितव्य ज्यानको ११ वटा मुद्धा दर्ता भएको मुद्धा फाँटका पोख्रेलले जानकारी दिनुभयो ।

 

Radio kawasati

You might also like