माकर सनराइज सहकारीको साधारणसभा सम्पन्न 

0

रामु भुसाल

बर्दघाट २५ मंसिर : पश्चिम नवलपरासीको बर्दघाटमा रहेको माकर सनराईज बचत तथा  ऋण सहकारी सस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा शनिबार बर्दघाटमा सम्पन्न भएको छ ।   कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले सहकारीले आफ्नो लक्ष्य अनुरुप काम गर्दै शेयर सदस्य हरु लाई उत्पादन संग जोड्ने खाल को योजना बनाउनुपर्ने बताउनुभयो ।

उहाँले अहिले राज्यको तर्फबाट कम व्याजदरमा ऋण प्रवाह गरिरहेको हुदाँ सो पुजी सहकारी मार्फत आफ्ना शेयर सदस्यहरुलाई लगानी गरी आर्थिक उन्नति मा सबल बनाउनु पर्ने  बताउनुभयो।

कार्यक्रमा संस्थाका सल्लाहकारहरुको तर्फबाट  पुण्य प्रसाद पौडेल , पुर्व अध्यक्षहरुको तर्फबाट युवराज डुम्रे , शेयर सदस्यहरुको तर्फबाट सिता कुवर  लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अध्यक्षको प्रतिबेदन सस्थाका अध्यक्ष प्रदीप सुवेदीले  बार्षिक प्रगती नीति तथा कार्यक्रमको सचिवको  प्रतिवेदन संस्थाका व्यवस्थापक दुर्गा प्रसाद लामिछाने र  कुल  १९  करोड २६ लाख ६० हजार बरबरको आर्थिक आय ब्यय विवरण  कोषाध्यक्ष पुरुषोत्तम कण्डेलले  प्रस्तुत गर्नुभएको थियो ।

सो अबसर मा सस्थाको लेखा प्रतिबेदन लेखा संयोजक  बोमलाल पाण्डेले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सस्थाका पदाधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लागएत शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष ज्येष्ठ शेयर सदस्य ,उत्कृष्ट  शेयर सदस्य लगायत लाई सम्मान गरिएको थियो ।

संस्थाका कार्यसमिति सदस्य  कमान सिंह थापा को स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य चोलाकान्त भट्टराईले  गर्नुभएको थियो । सस्थाका  अध्यक्ष प्रदिप सुवेदीको अध्यक्षतामा सभा भएको थियो ।

You might also like