न्यु भिजन मिडियाद्वारा आगामी योजनाबारे अन्तरक्रिया

0

बोल्गा नेपाल
नवलपरासी १५ साउन – न्यु भिजन मिडिया प्रालि बर्दघाट–४ ले कार्यक्रम आयोजना गरी संचालक समिति र कर्मचारी बीच आगामी योजनाबारे अन्तरक्रिया गरेको छ । प्रालिले स्थानीय पत्र साप्ताहिक , बर्दघाट पोष्ट दैनिक र अनलाइन संस्करण समेत संचालन गर्दै आएको छ  कार्यक्रममा बर्दघाट पोष्ट दैनिकका सम्पादक बोल्गा नेपालले सामुहिक भावनाको विकासका लागि समय समयमा कार्यक्रम गर्नुपर्ने बताउदै कम्पनीले आर्थिक बर्ष २०७६÷०७७ मा गरेका कामहरुको समिक्षा प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा उनले संस्था स्थापनादेखि हाल सम्मका आरोह अवरोहहरु प्रस्तुत गर्दै स्वरोजगारमुलक संस्थाले सानो र चुस्त टिम बनाएर काम गर्नुपर्ने र त्यो कामका लागि कर्मचारीहरु ईमान्दारपूर्वक लाग्नु्पर्ने औल्याउनुभयो । साउन १५ को अवसरमा संस्थाले कार्यक्रम गरेको हो ।
कार्यक्रममा संस्थामा कार्यरत ब्यवस्थापक लक्ष्मी घिमिरे ,लेखापाल पूष्पा गिरी लेआउट डिजाइनर बिशाल राय थारु, बरिष्ठ वितरक तथा संचारकर्मी बुद्धि भुजेल, रेशम रोक्का, रविन रोक्कालगायतले कार्यक्षेत्रको कठिनाई बारे प्रबन्ध निर्देशक रवि पाण्डेय तथा सम्पादक नेपाल समक्ष रिर्पाेटिङ गर्नुभएकोथियो । रिर्पाेटिङ पछि प्रबन्ध निर्देशक पाण्डेयले आफूहरुले विना नियुक्ति कोहीलाई काम नलगाउने बताउदै कर्मचारीहरुसंग कार्य विवरणको आधारमा काम लिइने बताउनुभयो ।
कार्यक्रममा पत्रिकाका वितरकहरुलाई रेनकोट तथा मास्क समेत प्रदान गरिएको थियो । कार्यक्रममा साउन पन्ध बिशेषमा खिर खाने कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा संस्थाका शुभेच्छुकहरुलाई समेत निम्ता दिइएको थियो ।

You might also like