बर्दघाट नगरस्तरिय पारिवारिक निजि वन संघ नेपाल गठन

0

बर्दघाट : पारिवारिक नीजि वन संघ नेपाल जिल्ला शाखा नवलपरासी पश्चिमको आयोजनामा बर्दघाट नगरस्तरिय पारिवारिक वन किसान भेला विहिबार बर्दघाट २ स्थित चिसापानी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ ।
चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुंगको अध्यक्षता तथा पारिवारिक निजि वन संघ नेपालका केन्द्रिय अध्यक्ष डोलराज गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले सामुदायिक वनलाई जोगाई राख्न खाली जग्गामा बोट विरुवा रोप्नुपर्ने कुरामाथि जोड दिनुभयो ।
साथै उहाँले सामुदायिक वनको हकमा विदेशको जस्तो नेपालका कडा कानुन नभएको हुदा आफु्नो जग्गामा रहेको बोटविरुवा काटिसकेपछि पनि खाली हुन गएको जग्गामा फेरी विरुवा रोपण गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
सो अवसरमा विशेष अतिथिको रुपमा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कमल परियार, महासंघका लुम्बिनी प्रदेश सचिवालय सदस्य नारायण पाण्डे लगायतले मन्तब्य राख्नुभएकोे थियो ।
कार्यक्रममा महासंघका सरावल गाउपालिका अध्यक्ष किशुन बहादुर यादव, बासमती हरिजन, सुलोचना चौधरी लगायतको आतिथ्यता रहेको थियो भने महासंघका पदाधिकारी, बर्दघाट नगरपालिकाका १६ वटै वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्पन्न भेलाले गोपिचन्द्र न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय पारिवारिक निजि वन संघ नेपाल बर्दघाट नगरस्तरिय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा कुन्तीमाया कण्डेल, सचिव अशोक कुमार चौधरी, कोषाध्यक्ष विमला सिलवाल, सह सचिव कुल बहादुर चौधरी रहनुभएको छ भने सदस्यहरुमा पशुपति चौधरी, दिल बहादुर नेपाली, पदमपाणी आचार्य हेमा रोका, शारदा पोखरेल लगायत रहनुभएको छ ।

You might also like