बर्दियास्थित नेउलापुर स्वास्थ्य चौकी प्रमुख थापाद्वारा प्रकाशित समाचार हटाउन संचारमाध्यमलाई दबाब

‘प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको ठाडो उल्लघँन’

0

रवि पाण्डेय
बुटवल ४ कार्तिक : बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर १ स्थित नेउलापुर स्वास्थ्य चौकीका प्रमुख दिपक बहादुर थापाले स्थानीय संचारमाध्यमलाई प्रकाशित समाचार हटाउन ‘दबाब ‘ दिएका छन् ।
कार्यालय समयमा कर्मचारीहरु नआएको र सेवाग्राहीले समयमै सेवा प्राप्त गर्न नसकेको जनगुनासो सहितको भिडियो र समाचार जनपथखबरमा प्रकाशित भएको थियो । जनपथखबरका पत्रकार आयुष न्यौपानेले प्रकाशित समाचार हटाउन थापाले बिज्ञप्ति जारी गरेको जानकारी दिनुभयो । उक्त समाचार र भिडियो हटाउन थापाले जारी गरेको बिज्ञप्तिको अन्त्यमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको बदनाम गर्न भिडियो तथा समाचार सामाजिक संस्थामा हालिएको उल्लेख गर्दै हटाउन भनिएको छ ।
यस अघि ल्याब टेक्निसियन (स्वास्थ्यकर्मी) बलबहादुर खत्रीले सेवाग्राहीले उपचार गरि दिन अनुरोध गर्दा अटेरी गरेको भिडियो जनपथखबरबाट प्रशारण भएको थियो । खत्रीले आफुलाई राज्यको कुनै पनि संयन्त्रले केही सजाय दिन नसक्ने दावी गर्दै “बिरामीको उपचार गर्दैनौं,जसलाई भन्न छ भन ।” भनेका थिए । प्रकाशित समाचार हटाउन दबाब दिनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको ठाडो उल्लघन रहेको जानकारहरु बताउछन् ।

You might also like