एम.सी.सी खारेजीको माग गर्दै असोज ४ गते परासीमा संयुक्त बिरोध कार्यक्रम गर्ने तयारी
नवलपरासी : बाईस दलीय गठबन्धन आबद्व दलहरुले पश्चिम नवलपरासीमा एम.सी.सी परियोजना विरुद्धको संयुक्त आन्दोलन स्वरुप असोज ४ गते परासीमा बिरोध कार्यक्रम गर्दैछन । एम.सी.सी रास्ट्रघाती रहेको ठहर गर्दै असोज ४ गते परासीमा संयुक्त बिरोध कार्यक्रम गर्ने मोर्चा आवद्ध दलहरुले जनाएका छन । मोर्चा संबद्ध ७ दलले अघिल्लो सोमबार एक बक्तब्य जारी गर्दै आन्दोलनमा सहभागी हुन सबैलाई अपिल गरेका थिए । कार्यक्रममा नेकपा (मसाल);नेकपा (क्रान्तिकारी माओवादी); बिप्लव नेकपा; राजमो; देशभक्त जनगणतान्त्रिक मोर्चा; बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी; र नेकपा माक्र्सवादी पुस्पलालको संयुक्त आयोजनामा हुने भएको हो । रास्ट्रिय स्वाधीनताको रक्षाको सङघर्स सम्पुर्ण देशभक्तहरुको साझा कार्यसुचि बन्न पुगेकोले कार्यक्रम आयोजना गरिएको उनिहरुको भनाइ छ ।