बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न

0

बर्दघाट : बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना समितिले बर्दघाट वडा नं ४ को नवदुर्गा मन्दिर टाेलमा जनचेतना अभिबृद्धि सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कोभिड १९ का वारेमा सचेतना प्रदान गर्नुका साथै खानेपानी र सरसफाईका वारेमा समेत जानकारी प्रदान गरिएको थियो । त्यसैगरी स्थानीय टोल विकास समितिलाई सरसफाई सामाग्री बितरण गरिएको थियो । संस्थाद्धारा सञ्चालित खानेपानी सुरक्षा योजना समितिका संयाेजक दिपक लम्सालको अध्यक्षता र यसै बर्दघाट नगरपालिका वडा नं.४ का जनप्रतिनिधि श्री बिष्णु प्रसाद भण्डारिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि बिष्णु प्रसाद भण्डारीले सस्थाले शुद्ध खानेपानी ग्राहककाे मुख सम्म शुद्व पानी पुर्याउने प्रमुख लक्ष्यका साथ हरेक सरसफाईका पाटाहरुमा समेत राम्रो काम गरेको बताउनु भएको थियो ।

त्यसैगरी संस्थाका उपाध्यक्ष एवं कार्यक्रमका संयाेजक दिपक लम्सालले सचेतनामुलक कार्यक्रम संस्थाले करिब ९ स्थानमा गरेको जानकारी गराउनु भएको थियो । उहांले संस्थाले टोलको सरसफाईका लागि दिएको सामाग्रीको सहि सदुपयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।
साे कार्यक्रममा संस्थाका अध्यक्ष एवम् कार्यक्रमका विशेष अतिथि धातानन्द बस्यालले संस्थाकाे बर्तमान अवस्था र बर्दघाट वडा नं.४ धैवलागिरि टाेलमा निर्माधिन साढे चार लाख लिटरकाे टंकिकाे बारेमा जानकारि गराउनुभएकाे थियाे ।
कार्यक्रममा नव दुर्गा मन्दिर टोल विकास सस्थाका अध्यक्ष दुर्गा बहादुर कुवँरले सरसफाई र खानेपानीको महत्तवका बारेमा मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नवदुर्गा मन्दिर टोललाई यसै संस्थाका उपाध्यक्ष दिपक लम्सालले स्वास्थ्य सामाग्री अन्तर्गत साबुन, कुचो, बेल्चा, कोदालो, र फोहर उठाउने ठेला लगायत जनचेतनामुलक बोर्ड हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा सुरक्षा समितिका सदस्य स्वास्थ्यकर्मी कृष्ण हरि पौडेल र शिक्षक बावुराम घिमिरेले कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य समबन्धि जानकारी गराउनु भएको थियो । सुरक्षा समिति सदस्य शिवलाल पन्थको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका व्यवस्थापक बिष्णु कुमार भुषालले गर्नुभएको थियो ।

You might also like