माधव नेपालको पार्टीमा गएका नेतालाई कारवाही गर्ने एमालेको निर्णय

0

काठमाडौं । नेकपा (एमाले)ले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नेतालाई निष्कासन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले माधव कुमार नेपालको पार्टीमा गएका नेतालाई कारवाही गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। “नयाँ पार्टीमा गएका नेतालाई एमालेबाट निष्कासन गर्ने निर्णय गरेका छौं,” ज्ञवालीले भने।

यस्तै एकीकृत समाजवादीमा गएका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ। यस सम्बन्धी निर्वाचन आयोगलाई जानकारी दिइने भएको छ।

नयाँ पार्टीमा गएका नेता तथा कार्यकर्तालाई एमालेमै फर्किन केन्द्रीय कमिटीले आग्रह गरेको छ।  त्यस्तै, एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न बनाएको कार्ययोजनालाई अनुमोदन गरेको छ। ……LumbiniTimes

You might also like