अपांगता भएका ब्यक्तिले पाए न्यानो कम्मल

नगर प्रमुख बस्यालद्वारा शुभकामना सन्देश

0

नवलपरासी १८ मंसिर – अपांगता भएका ब्यक्तिहरुको २९ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बर्दघाट नगरपालिकाले अपांगता भएकाहरुलाई कम्मल प्रदान गरेको छ ।
कार्यक्रमको नगर प्रमुख धीरज शर्मा बस्यालले उद्घाटन गर्नुभएको थियो । दिवसकै अवसरमा उहाँले अपांगता भएका ब्यक्तिहरुको अधिकारका लागि नगरपालिका सदैव तयार रहेको उल्लेख गर्दै शुभकामना सन्देश जारी गर्नुभएको छ ।
कार्यक्रममा अपांगता परिचय पत्र वितरण स्थानीय समन्वय समिति संयोजक एंव नगर उपप्रमुख मायादेवी पौडेलले प्रत्येक वडाका २ जनाका दरले ३२ जनालाई न्यानो कम्मल वितरण गर्ने योजना अनुसार कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक होमनाथ रेग्मी , बर्दघाट नगरपालिका महिला बालबालिका अपांग तथा जेष्ठ नागरिक शाखा प्रमुख अप्सरा सुवेदी, नेत्रहीन संघ लुम्बिनीका महासचिव मनोज पंगेनी तथा कार्यपालिका सदस्य एंव वडाका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

वडा नम्बर ६ मा वडाध्यक्ष रोहित थारुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । दिवसको अवसरमा अपांगता भएका ब्यक्तिहरुकै घरघरमा पुगेर जनप्रतिनिधिले कम्मल दिएका हुन ।

कम्मल पाएप्छि अपांगता भएका ब्यक्ति तथा अभिभावकहरु खुसी भएका थिए । नगरमा २ सय ६५ जना अपांगता भएका ब्यक्तिले परिचयपत्र नवीकरण गरेका छन् ।

 

You might also like