बर्दघाट उद्योग वाणिज्य संघद्वारा ब्यवसायीलाई घरबहाल छुट गर्न घरधनीसंग आग्रह

ऋणको सावा ब्याज तथा किस्ता तिर्न बारम्बार ताकेता नगर्न बैक तथा बितिय संस्थालाई अनुरोध

0

कृष्ण ढकाल
बर्दघाट ९ असार – बर्दघाट उद्योग वाणिज्य संघले बर्दघाट नगरक्षेत्र भित्रका ब्यवसायीहरुको मर्कालाई बुझेर घरधनीहरुले पछिल्लो लकडाउन अवधिको घरभांडामा कम्तीमा ५० प्रतिशत छुट गर्न गर्न आग्रह गरेको छ ।

आज बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने र महासचिव दिनेश न्यौपानेले संयुक्त रुपमा हस्ताक्षर गरी निकालेको प्रेस विज्ञप्तिमा उक्तकुरा उल्ल्ेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ – कोभिड–१९ का कारण प्रभावित भएका केहि ब्यापारीहरुको र्ममलाई बुझेर केहि घरधनीहरुले घरभांडा पुरै नलिएर सहयोग गरेको प्रति आभार प्रकट गर्दै वांकी अरु घरधनीहरुले पनि केहि महिनाको छुट् दिएर सहयोग गर्नका लागि संघले आग्रह गरेको उल्लेख गरिएको छ ।
त्यस्तै कारोना कहरका बेला गरेको सहयोगलाई संघले सधै सम्झने र त्यसको उचित मुल्याकन समेत गरिने संघका महासचिव दिनेश न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै संघले बैक तथा बितिय संस्थालाई लकडाउनको मर्कामा परेका ब्यवसायीहरुलाई ऋणको सावा ब्याज तथा किस्ता तिर्न बारम्बार ताकेता नगर्न समेत अनुरोध गरेको छ ।

You might also like