बालिकाको होटलमा मृत्यु : होटेल साहू सहित ३ जना पक्राउ ;सँगै बसेका साथी

0

नवलपरासी / २४ साउन ।

पश्चिम नवलपरासीमा एक बालिकाको होटलमा शंकास्पद मृत्यु भएको छ । रामग्राम नगरपालिका–१२ की एक बालिकाको पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीमा रहेको होटल शाही प्यालेसमा शंकास्पद मृत्यु भएको छ ।

बालिकाको मृत्यु भएपछि मृतक बालिकासँगै कोठामा बसेका बालक फरार भएको तथा होटल साहु,मोटरसाइकल धनी, फरार बालकको साथी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।

शुक्रबार साँझ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ का १७ वर्षीय युवकसंगै कोठामा बसेकी बालिकाको मृत्यु भएको हो ।होटलमा बसको केही समयमा नै बालिका अचानक बिरामी भएको भनी उपचारको लागि पश्चिम नवलपरासीको शहिद स्मृती सामुदायिक अस्पताल चौपत्ता ल्याइएकोमा अस्पतालले मृत घोषण गरेको हो ।

घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट इन्स्पेक्टर हिक्मत थापा नेतृत्वको प्रहरी टोली घटना स्थलमा गई घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले राति नै होटल सञ्चालक भोज बहादुर थापा र कोठा भाडामा बसेका बालकले चलाई ल्याएको मोटरासाइकल नियन्त्रणमा लिएका थियो । शनिबार बिहान प्रहरीले मोटर साईकल धनि पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१२ शान्ति टोल बस्ने २८ वर्षीय ब्यास प्रसाद भर र फरार बालकले घटना पस्चात फोन सम्पर्क गरेका साथीलाई पक्राउ गरेको छ ।प्रारम्भीक अनुसन्धानमा मृतक बालिकाको शरिरमा कुनै प्रकारको घाउ तथा चोटपटक नदेखिएको तर अत्याधिक रक्तश्रापको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। मृतक बालिकाको शव पोष्टमार्टमको लागि अहिले पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ । पोष्टमार्टम रिर्पोट पछि घटनाको कारण खुल्ने प्रहरीले जनाएको छ ।

फरार रहेका बालकको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतक बालिका र फरार बालकको परिचय खुलेको भएपनि घटनाको प्रकृति र प्रहरी अनुसन्धान जारी रहेको कारण नाम सार्वजनिक नगरिएको जनाइएको छ ।

You might also like