चिसापानी जग्गा प्रकरणमा क्रान्तिकारी माओवादी भन्यो :”सर्बाेच्चले जनबिरोधी फैसला गर्‍यो, त्यसको भण्डाफोर गर्छाै”

"अब सर्बाेच्चको फैसला र नगरपालिकाको रबैया बिरुद्ध जनता उतार्छाै "

0

नवलपरासी ११ साउन : नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले बर्दघाट–२ चिसापानी ढेडारीफाँटको बहुमुल्य जग्गा हडप्नेहरुका बिरुद्ध भण्डाफोर गर्ने जनाएको छ । सो पार्टीको बर्दघाटमा भएको जिल्ला सचिवालयको बैठकले जग्गा हडप्ने दलालहरुको पक्षमा सर्बाेच्च अदालतले फैसला गरेकोले भन्दै उक्त फैसला जनबिरोधी रहेको ठहर गरेको हो ।

सार्वजनिक सम्पति संरक्षण गर्ने जनताको पक्षमा नभई भुमाफिया दलालहरुको पक्षमा सर्बाेच्चको फैसला आयो – पार्टीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेलले भन्नुभयो – सर्बाेच्चको फैसला बिरुद्ध जनतामा जान्छौ । त्यसको भण्डाफोर गर्छाै । दलाल भुमाफियाहरुका बिरुद्ध चरणबद्ध आन्दोलन गर्ने पार्टीले निर्णय गरेको पोखरेलले जानकारी दिनुभयो ।
२०७६ फागुन ४ गते सर्बाेच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र न्यायधीश कुमार रेग्मीको संयुक्त इजलाशले यस मुद्धामा तिमिल्सिना टे«डर्स प्रालिको पक्षमा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो ।
त्यस्तै बर्दघाट – २ ग कित्ता नम्बर १३१० को ८ बिघा २ कठ्ठा १२ धुर जग्गाको संरक्षणमा बर्दघाट नगरपालिका गम्भिर नभएका कारण दलालहरु सल्बलाउने मौका पाएको बैद्य माओवादीले आरोप लगाएको छ । नगरपालिकाले तारबार गर्ने प्रतिबद्धता जनाए पनि संरक्षणमा ध्यान नदिदाँ यो अवस्था आएको हो – पोखरेलले भन्नुभयो – अब सर्बाेच्चको फैसला र नगरपालिकाको रबैया बिरुद्ध जनता उतार्छाै ।

फाइल तस्बिर
संर्घषका कार्यक्रम अन्तरगत जनता जागरणका लागि स्थानीय जनताहरुसंग अन्तक्रिया छलफल , एकल र संयुक्त कार्यक्रम समेत तय गरिएको नेकपा क्रान्तिकारी माओवादी बर्दघाट नगर समितिले जनाएको छ । त्यस्तै बैठकले यही साउन १९ गते एमसीसी बिरुद्ध बर्दघाटमा प्रर्दशन गर्ने निर्णय गरेको छ ।  बैद्य माओवादीले उक्त जग्गा कब्जा गरेको घोषणा गरेको थियो ।  केही दिन अघि सो जग्गामा संरचना निर्माणका लागि सामाग्री ल्याइएपछि स्थानीयस्तरमा तरंग पैदा भएको थियो ।
यता राष्ट्रिय आवास कम्पनीले एक सुचना जारी गर्दै केन्द्रीय निर्देशन अनुसार सो जग्गामा निर्माण कार्य रोकिएको जनाएको छ ।

 

You might also like