‘हराएकी’ लुम्बिनीकी सांसद पुर्मती सम्पर्कमा
ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि मदन कुँवरलाई फोन गरेर पोखरेलले आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको भन्दै आईतबार बेलुका ९ बजे हराएको(सम्पर्कमा नरहेको) बताउँदै खोजि गरिदिन आग्रह गरेका थिए ।पार्टि सचिव पोखरेलले आईतबार बिहानैदेखि सम्पर्क नरहे पनि आज बिहान सम्पर्कमा आएको उनले बताए । उनले ग्लोबल आवाजसंग कुरागर्दै भने –‘ आज बिहान कुरा भयो, उहाँले म तनाबमा छु, तिलोत्तमामा छु भेटेर कुरा गरौला ।’
लुम्बिनी प्रदेशसभामा सरकार पक्ष र विपक्षी गठबन्धनको संख्या बराबर भएको समयमा विपक्षी गठबन्धनकी एक सांसद वेपत्ता भएपछि यहाँको राजनीतिक माहोल तातेको थियो । प्रदेशसभामा जनता समाजवादी पार्टीबाट ६ सांसद रहेकोमा अहिले ३ जना सरकारमा सहभागी छन् भने ३ जना विपक्षीको गठबन्धनमा छन् । दुई साताअघि सरकारमा जसपाबाट सहभागी राज्यमन्त्री सुमन शर्माले राजीनामा दिएकी थिइन् । ८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका ३ जना गरी ४१ मत छ । विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक) जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।..Globalawaj