भैसीका पाडापाडी बाख्रा र बुङगुर पाएपछि तिनाउवासी दङग !
पाल्पा ( दोभान ) – तिनाउ गाउपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत भैसीका पाडापाडी, बाख्रा र बुङगुर वितरण गरेको छ । तिनाउ २ र ५ का विपन्न परिवारले भैसीका पाडापाडी, बाख्रा र बुङगुर पाएका हुन ।
विपन्न परिवारलाई आयआर्जनमा टेवा पु¥याउन भैसीका पाडापाडी, बाख्रा र बुङगुर वितरण कार्यक्रम गरिएको पालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।
सो क्रममा सोमवार वडा नम्बर ५ मा बुंगुरका पाठापाठी वितरण गरिएको वडाध्यक्ष दलबहादुर दर्लामी मगरले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सफल बनाउन पालिका उपाध्यक्ष दमयन्ती थापा , वडा नम्बर २ का अध्यक्ष तथा कार्यपालिका प्रबक्ता राजेश श्रेष्ठ , लेखा अधिकृत शंकर पुरी , फोकल पर्सन उमा आचार्य , मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम समिति सदस्य चक्रब्युह थापा, पशु शाखा प्रमुख मनिष अधिकारीलगायतका सरोकारवालाहरुले लागि परेका थिए ।
बाख्रा र बुंगुर निशुल्क र ८० प्रतिशत अनुदानमा पाडापाडी दिइएको हो । पाडापाडी, बाख्रा र बुङगुर पाएपछि साना कृषकहरु दङग परेका थिए । त्यस्तै वडा नम्बर २ र एकल महिलाको कार्यक्रमबाट समेत बाख्रा वितरण गरिएको छ । वडाबाट ८ जना र एकल महिला लक्षित कार्यक्रमबाट १२ जनाले बाख्रा पाएका थिए ।