घाँस उत्पादनमा ‘अब्बल’ बन्दै बर्दघाट नगर
बर्दघाट – बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाको आ.व.०७७÷०७८ कार्यक्रम अनुसार बहु बर्षिय घाँस विकास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तरगत पशुपालनका लागि आहाराको प्रमुख स्रोत हरियो घाँस उत्पादनका लागि बिभिन्न किसिमका पोषिलो जातका बहु बर्षिय भुई घाँस तथा डाले घाँसका सेट्स÷बिरुवाहरु वितरण गरिएको हो ।
कार्यक्रमको लक्ष्य अनुसार नगरका ५८४ जना पशुपालक कृषक÷उद्यमीहरुले सुपर नेपियर घाँसको एक लाख बेर्ना बेर्ना÷सेट्स प्राप्त गरि लाभान्वित भएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
त्यसैगरि १६ जना कृषकहरुलाई बहुबर्षिय स्टाईलो घाँसको १०५ केजी विउ ो र १० वटा बाख्रा फार्महरुलाई विभिन्न किसिमका ४ हजार वटा डाँले घाँसको बिरुवा उपलव्ध गराईएको छ ।
एकपटक लगानी र मेहनेत गरेपछी ५–७ बर्ष सम्म पटक पटक उत्पादन लिन सकिने बहुवर्षिय घाँस विकास गरेमा पशुहरुलाई नियमित हरियो घाँस उपलव्ध गराउन सकिने र व्यवसायमा समेत दिगोपना आउने हुन्छ ।साथै पशु आहाराको रुपमा दानाको प्रयोग कमी गर्न सकिने पशु पन्छी तथा मत्स्य विकास शाखा प्रमुख भरत लम्सालको भनाई छ ।
कार्यक्रमबाट कृषकहरुलाई हरियो घाँस उत्पादन गरि घाँसमा आधारीत पशु पालन गर्नका लागि प्रोत्साहन मिलेको लम्सालले बताउनुभयो । हरियो घाँस उत्पादन गरि पशुहरुलाई उपलव्ध गराई पशु पोषण एवं पशु स्वास्थ्यमा सुधार आउने तथा दुध र मासु उत्पादनमा बृद्धि हुने लम्सालको अपेक्षा छ ।