५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गर्दै बर्दघाट नगरपालिका

0

नवलपरासी २७ बैशाख – बर्दघाट नगरपालिका कृषि विकास शाखाले कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण शुरु गरेको छ ।

मधुवन कृषि बहुउदेश्शीय सहकारी संस्था बर्दघाट ९ जनभावना बहुउदेश्शीय सहकारी संस्था बर्दघाट १२ र सिर्जनसिल बिउ बैक बर्दघाट १५ लगायतका सहकारी/संस्था मार्फत कृषकलाई बीउ वितरण शुरु भएको हो ।

नगरमा धान उत्पादन बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यले धानको बिउ वितरण शुरु गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
कृषि विकास अधिकृत युवराज लम्सालका अनुसार जेठ १५ गते सम्म धानको बिउ वितरण सम्पन्न गर्ने गरी योजना बनाइएको छ ।
लालपुर्जा भएका कृषकले लालपुर्जाको प्रतिलिपि सहितका कागजपत्र र नभएकाले वडाको सिफारिस लिएर योजनामा समाबेश हुन सक्ने बर्दघाट नगरपालिकाले जनाएको छ ।

You might also like