यी हुन दुई वर्षको तलब भत्ता सामाजिक कार्यमा लगाउने नगरप्रमुख थापा

0

परासी, ८ साउन – पश्चिम नवलपरासी सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले दुई वर्षको अवधिमा पाएको तलब भत्तावापतको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गर्नुभएको छ । यसअवधिमा नगरप्रमुख थापाले तलब भत्तावापत १५ लाख पाउनुभएको थियो ।

यसअघि भत्तावापत पाउँदै आएको रकम थापाले जेष्ठ नागरिक, असाहय र विपन्नको जीविकोपार्जन र उपचार खर्चमा उपलब्ध गराउँदै आउनुभएका थापाले पछिल्लो पटक तलबवापतको रकम सुनवल स्वास्थ्य चौकीलाई उपलब्ध गराउनुभएको थियो । उहाँले २०७६ असारसम्मको तलबवापत हुन आउने ८ लाख ४० हजार रुपैयाँ सुनवल स्वास्थ्य चौकीलाई उपलब्ध गराउनुभएको हो । नगरप्रमुखको मासिक तलब ३५ हजार छ । नगरप्रमुख निर्वाचित भए लगत्तै थापाले आफूले पाउने तलब, भत्तासहितका सबै सुविधा सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार अहिलेसम्म पाउँदै आएको सम्पूर्ण सुविधावापतको रकम सामाजिक कार्यमा थापाले बताउनुभयो ।
गोष्ठी, सेमिनारमा सहभागी भए भत्तावापत उहाँले हालसम्म ६ लाख रुपैयाँ भत्ता पाउनुभएको थियो । त्यसैगरी दैनिक भ्रमण भत्तावापत ९० हजार पाएको बताइएको छ । उक्त सबै रकम जेष्ठ नागरिकको धार्मिक यात्रा, विपन्न परिवारको काजक्रिया खर्च, विपन्नलाई जीविकोपार्जनका लागि रिक्सा खरिद र औषधि उपचारमा उपलव्ध गराएको थापाले बताउनुभयो ।

You might also like