रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६ हजार पुग्यो, ७ सय ८२ थपिए

0

बुटवल– रुपन्देहीमा शुक्रबार थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६ हजार पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

सबैभन्दा बढि बुटवल उपमहानगरपालिकामा ३ सय ७१ संक्रमित थपिएका छन् । यसैगरी तिलोत्तमामा १ सय ३४ सिद्धार्थनगरमा ८३, सैनामैनामा ५९, देवदहमा ५०, मायादेवीमा १५, सियारी गाउँपालिकामा १४, कञ्चनमा ११, जनामा संक्रमण फेला परेको छ ।

यस्तै शुद्धोदनमा १८, लुम्बिनी साँस्कृतिकमा ८, रोहिणीमा ४, ओमसतियामा ७, कोटहीमाईमा ६ र मर्चवारी, सम्मरीमाईमा १ – १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल केदारनाथ शाहले जानकारी दिए ।

रुपन्देहीमा कुल संक्रमितको संख्या १६ हजार ८ सय ८० पुगेको छ । जसमा २ सय ५३ जनाको मृत्यु भइसकेको छ । १० हजार ६ सय २७ जना निको भएका छन् । ६ हजार अझै पनि आइसोलेसनमा छन्।

Lumbini times

You might also like