बर्दघाट नगरपालिकाद्वारा पाउचमा प्याकेजिङ गरिएका सुर्ती तथा गुट्खा नबेच्न ब्यवसायीलाई आग्रह

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पाउचमा प्याकेजिङ गरिएका सुर्तीजन्य बस्तु नबेच्न ब्यवसायीहरुलाई आग्रह गरेको छ । नगरपालिकाको पहिलो नगरसभाले पारित गरे बमोजिम पाउचमा प्याकेजिङ गरिएका सुर्ती तथा सुर्तीजन्य बस्तु नबेच्न नगरले आग्रह गरेको हो । यस अघि नगरपालिकाले पाउचमा प्याकेजिङ गरिएका सुर्ती तथा सुर्तीजन्य बस्तु नबेच्ने ब्यवसायीहरुलाई प्रतिबद्धता गराएको थियो । बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार पहिलो नगरसभाको निर्णय बमोजिम ब्यवसायीले समेत प्रतिबद्धता गरेकोले पाउचमा राखिएका सुर्ती तथा गुटखा बेन्च कडाई गरिएको हो ।
नगरको निर्णय अनुसार बर्दघाट नगर क्षेत्रभित्र पाउचमा प्याक गरिएका सुर्ती तथा गुटखालाई पूर्ण प्रतिबन्ध लगाईएको ज्ञवालीले बताए ।
पाउचमा प्याक गरिएका सुर्ती तथा गुटखा बेच्न प्रतिबन्ध लगाइएको हो – ज्ञवालीले भने – चुरोट पनि खिल्ली बेच्न पाईदैन । ब्यवसायीहरुलाई त्यही आग्रह गरेका छौ ।
पहिलो चरणमा आग्रह गर्ने र दोस्रो चरणमा कारवाही सम्म गर्ने नगरको योजना रहेको उनले बताए । पाउचवाला बेच्नै पाईदैन बेचेको पाइए नष्ट गरिन्छ –उनले भने । त्यस्तै सरकारी कार्यालयको सय आसपासमा जुनसुकै प्रकारका चुरोट सुर्ती भएपनि बेच्न नदिइने उनले दावी गरे ।
तर पाउचमा प्याक गरिएका बाहेकका खैनी तथा प्याकेट चुरोट बेच्नका लागि मदिरा जस्तै छुट्टै दर्ता एंव अनुमति लिनुपर्ने ज्ञवालीले बताए । स्टल बनाएर छुटटै ब्यवस्थापन गरेर मात्र पाउच बाहेकका सुर्ती र प्याकेट चुरोट बेच्न पाइने भएपनि खुल्ला रुपमा चुरोटका खिल्ली बेच्न नमिल्ने ज्ञवालीले जानकारी दिए ।
त्यस्तै नगरपालिकाले छुट्टै दर्ता नगरी अबैध रुपले सुर्ती चुरोट बेच्ने ब्यवसायी र सार्वजनिक रुपमा सेवन गर्नेहरुलाई जरिवाना गर्ने तयारी गरेको ज्ञवालीले बताए ।
अबैधानिक तरिकाले बेचेमा ब्यवसायीहरुलाई ५ हजार सम्म जरिवाना गर्ने कानुनी प्रबधान छ – ज्ञवालीले भने – सार्वजनिक स्थलमा सेवन गरेको पाइए एकपटकलाई सय रुपैया अटेर गरेमा ५ हजार सम्म जरिवाना हुन्छ । त्यस्तै नगरको यस अभियानलाई सबैले साथ दिने उनले विश्वास ब्यक्त गरेको साउन १५ गतेको बर्दघाट पोष्ट दैनिकले प्रथम पृष्ठमा छापेको छ ।

You might also like