निषेधाज्ञाको घोषणा गर्ने जिल्ला ६० पुगे
काठमाडौं । कोरोना महामारीको दोस्रो लहर व्यापक रुपमा बढ्दै जान थालेपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा घाेषणा गरिएकाे छ । शुक्रबारसम्म निषेधाज्ञा घाेषणा गर्ने जिल्लाहरु ६० पुगेका छन् ।
नयाँ भेरियन्टको कोरोना रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले भारतीय सिमानासँग जोडिएको बाँके जिल्लामा संक्रमणदर बढेपछि बाँकेबाट सुरु भएकाे निषेधाज्ञा अहिले देशका अधिकांश जिल्लासम्म पुग्काे छ ।
महामारी र संक्रमणको चेन ब्रेक गर्न सरकारले प्रमुख जिल्ला अधिकारीले आवश्यक आदेश जारी गर्नसक्ने अधिकार पछि धेरै वटा जिल्लाले निषेधाज्ञा जारी गर्दै गएका छन् । काठमाडौं उपत्यकामा निशेधाज्ञाको दोस्रो साता शुरु हुँदा देशभर निषेधाज्ञा जारी गर्ने जिल्ला ६० पुगेका हुन् ।
बैैसाख १६ गते काठमाडौं उपत्यकालगायत कैलाली, पर्सा, कञ्चनपुर, चितवन, रुपन्देही र दार्चुलाका केही गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको थियो । लगत्तै सुर्खेत, कास्की, दाङ, कञ्चनपुर, पाल्पा, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम ,डडेल्धुरा, झापा, मोरंग, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोर्खा, बाजुरामा पनि निषेधाज्ञा जारी गरियो ।
त्यसैगरी निषेधाज्ञा लागू भएका जिल्लाहरुमा उदयपुर, पर्वत, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ्ग, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिंग, बागलुङ रहेका छन् ।
Moolbato