सुनवल नगरपालिकाको कुल बजेट ७६ करोड ३३ लाख

0

नवलपरासी १० असार – पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट ल्याएको छ । नगर सभामा नगरपालिकाले चालू तर्फ ४० करोड ७२ लाख १२ हजार ५०९ रुपैयाँ र पुजीगत तर्फ ३५ करोड ६१ लाख २५ हजार रुपैया अनुमान गरेको बजेट नगर उप–प्रमुख दधिराम अर्यालले सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा नगरपालिकाले आन्तरिक श्रोतबाट १२ करोड ५४ लाख र बाह्य तर्फ ६३ करोड ७९ लाख ३७ हजार ५०९ रूपमा आम्दानी गर्ने अनुमान गरेको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
नगरपालिकाले उक्त बजेटलाई क्षेत्रगत रुपमा बिनियोजन गर्दा सामाजिक बिकास तर्फ ५ करोड ३३ लाख ८५ हजार बिनियोजन गरिएको छ । जस अन्तर्गत शिक्षा विकास तफ १ करोड ४५ लाख ९३ हजार, स्वास्थ्य तर्फ १ करोड ४६ लाख रुपैया छुट्टाएको छ । त्यस्तै आर्थिक बिकास तर्फ २ करोड ६१ लाख ९५ हजार बिनियोजन गरिएको छ । जसमा कृषि विकासका लागि १ करोड, पशु सेवा तर्फ ७१ लाख र पर्यटन तर्फ ३७ लाख ५० हजार र सहकारी तर्फ ५३ लाख छुट्टाएका नगर प्रमुख थापाले बताउनुभयो ।
त्यसैगरि पुर्वाधार विकास तर्फ ६ करोड ५५ लाख रुपैया बिनियोजन गरिएको छ भने वातावरण तथा बिपद ब्यस्थापनमा १ करोड ६५ लाख र संस्थागत बिकास तथा सुसाशन तर्फ ७६ लाख रुपैया बिनियोजन गरिएको छ । नगरसभा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले संचालन गर्नुभएकाृ थियो । सभामा नगर प्रमुख थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको सुनवल नगरपालिकाले जनाएको छ ।

You might also like