जिमिरेभारमा निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने
पप्पु रेग्मी, बर्दघाट, २९ फागुन ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ७ जिमिरेभारमा बृहत निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
पताञ्जली योग समिति जिमिरेभार, पताञ्जली योग समिति पश्चिम नवलपरासी र त्रिनेत्रेश्वर धाम जिमिरेभारको सम्युक्त आयोजनाममा आगामी चैत्र ७ गते देखी ११ गते सम्म निःशुल्क योग विज्ञान शिविर सञ्चालन गरिने आयोजकले शनिवार बृहद छलफल तथा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
शिविरमा पतान्जली योग समिति नेपालका केन्द्रिय प्रभारी योग गुरु लवदेव मिश्रा, महिला पताञ्जली योग समिति नेपालका केन्द्रिय प्रभाारी पूज्या साधवी देवदिति र भारतको हरिद्धारबाट पताञ्जली युवा समतिका केन्द्रिय प्रभारी पूज्या साधवी देव विजया आउनु हुने पताञ्जली योग समिति पश्चिम नवलपरासीका जिल्ला प्रभारी नरपती पाण्डेले बताउनुभयो ।
शिविर विहान ५ बजे देखी ७ बजे सम्म दैनिक २ घण्टा सञ्चालन हुने र शिविर त्रिनेत्रेश्वरधाम जिमिरेभारमा निःशुल्क रुपमा सञ्चालन गर्ने पताञ्जली योग समिति जिमिरेभारका अध्यक्ष नरेश पंगेनीले बताउनु भएको छ ।
शिविर सञ्चालन गर्नकालागि करिव ३ लाख रुपैया खर्च हुने आयोजकले बताएको छ । यस सिविर सञ्चालन गर्नकालागि बर्दघाट नगरपालिकाले १ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको र अन्य दाताहरुबाट सहयोग लिएर सम्पन्न गर्ने जनाएको छ ।
कार्यक्रममा पताञ्जली योग समिति पश्चिम नवलपरासीकी महिला प्रभारी दिलकुमारी कुँवर, बर्दघाट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुव थारु, पताञ्जली योग समिति जिमिरेभारका सचिव प्रकाश श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष मोतीलाल सुनार, बेलहानी खानेपानी सरसफाई उपभोक्ताका अध्यक्ष बृहस्पति अधिकारी साथै विभिन्न संघ संस्था, आमा समूह, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।