पत्रकारहरु चारकर्ताको भुमिकामा : संकुल

पत्रकार महासंघलाई साझा बनाउन सबै संघसंगठनहरुको प्रतिनिधित्व गराउनुपर्ने माग

0

दामोदर खनाल / ईश्वरी प्रसाद गैरे
भालुवाङ (दाङ) २५ माघ – जनपक्षीय पत्रकारहरुको साझा संस्था क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले नेपाल पत्रकार महासंघलाई साझा बनाउन सबै संघसंगठनहरुको प्रतिनिधित्व गराउनुपर्ने माग गरेको छ ।
दाङको भालुवाङमा आइतवार भएको प्रदेश समितिको बैठकले नेपाल पत्रकार महासंघ जस्तो नागरिक आन्दोलनको अगुवा संस्थालाई अमुक दलको भातृ संगठन जस्तो बनाउन नहुनेमा जोड दिएको हो ।
बैठकले देशमा देखिएको राजनैतिक संकट बर्तमान संसदीय ब्यवस्थाको संकट रहेको उल्लेख गर्दै यसले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा समेत खलल पुगेको भन्दै सबै सरोकारावालाहरुको ध्यानाकर्षण गरेको छ ।
क्रान्तिकारीले नेपाल पत्रकार महासंघको आसन्न महाधिबेशनमा मुद्धाका आधारमा गठबन्धन गर्न वार्ता संवाद गर्ने समेत निर्णय भएको प्रदेश संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो । बैठकले क्रान्तिकारी पत्रकार महासंघलाई प्रदेशका जिल्लाहरुमा विस्तार गर्ने निर्णय लिएको लुम्बिनी प्रदेश संयोजक पाण्डेयले बताउनुभयो । उहाँका अनुसार फागुन २० गते भित्र संगठनका जिल्ला भेला तथा बैठक सम्पन्न गर्ने निर्णय भएको छ ।
बैठकले संगठनको केही जिम्मेवारी समेत हेरफेर तथा थप कार्यत्रबिभाजन गरेको छ । जसअनुसार संयोजक रवि पाण्डेय, दामोदर खनाल र केशव अधिकारी सदस्य रहेको प्रदेश सचिवालय समिति गठन गरेको छ । त्यस्तै सदस्यता वितरण , जिल्ला भेला तथा बैठक सम्पन्न गर्नका लागि जिम्मेवारी समेत ठोस गरेको छ । जस अनुसार संयोजक पाण्डेलाई पश्चिम नवलपरासी रुपन्देही र कपिलबस्तु दामोदर खनाललाई अर्घाखाँच प्युठा रोल्पा, पुर्वी रुकुम र दाङ केशव अधिकारीलाई गुलमी र पाल्पा आयुष न्यौपानेलाई बाँके बर्दियाको जिम्मेवारी दिइएको छ ।


पत्रकारहरु चारकर्ताको भुमिकामा : संकुल
बैठकमा नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव संकुलले वर्तमान अवस्थामा पत्रकारहरुको भुमिका अझ बढेको बताउनुभयो । उहाँले जनपक्षीय पत्रकारहरुले संगठनकर्ता आन्दोलनकर्ता प्रचारकर्ता र उत्पादनकर्ताको भुमिका खेल्नुपर्ने बताउनुभयो । बैठकमा प्रदेश सदस्यहरुले रिर्पाेटिङ गरेका थिए । बैठक संयोजक रवि पाण्डेयको अध्यक्षताम भएको थियो ।

 

You might also like