बर्दघाटका सुर्य पाण्डे शंख फुक्ने प्रतियोगितामा सान्त्वना !

सुस्केरा हाल्ने प्रतियोगितामा सापकोटा प्रथम

0

बर्दघाट १८ माघ – बर्दघाटका दुई जना ब्यक्तिले दुईवटा फरक फरक बिधामा पुरस्कृत भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्विनी प्रदेशले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत आयोजना गरेको सुस्केरा हाल्ने प्रतियोगितामा बर्दघाट ६ का देवीदत्त सापकोटा प्रथम र बर्दघाट –४ दिब्यनगरका सुर्य पाण्डे शंख फुक्ने प्रतियोगिातमा सान्त्वना हुनुभएको हो ।

सापकोटा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पश्चिम नवलपरासीमा आबद्ध हुनुहुन्छ । प्रतियोगितामा १२ जिल्लाका ३२ जनाले सहभागिता जनाएका थिए । प्रथम भए संगै सापकोटाले नगद पुरस्कार ५ हजार प्राप्त गर्नुभयो ।
यसबीच सान्त्वना भएका पाण्डेयले प्रमाणपत्र पाउनुभएको छ । एउटा अनुभव भयो – पाण्डेय भन्नुहुन्छ –शंख नयाँ भएकै कारण अरुलाई उछिन्न सकिन् । शंख फुक्नेमा १९ जना प्रतियोगी थिए ।

You might also like