नेपाल उद्योग वाणिज्य महासंघका पूर्व महानिर्देशक बद्रीप्रसाद ओझाको निधन

0

बुधबार १९ कार्तिक,/काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व महानिर्देशक बद्रीप्रसाद ओझाको ७३ वर्षको उमेरमा निधन भएको छ। सोमबार राती अचानक श्वासप्रश्वासमा समस्या भएपछि ओझालाई ग्रान्डी अस्पताल लैजादालैजादै बाटोमै मृत्यु भएको हो। उनको किड्नीमा समस्या रहेको थियो ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। ओझा सरकारी सेवा हुँदै महासंघ प्रवेश गरेका थिए । महासंघका तत्कालिन अध्यक्ष महेशलाल प्रधानसँग भेट पस्चात उनी महासचिवका रुपमा महासंघमा प्रवेश गरेका थिए । पछि उनी महानिर्देशक बनेका थिए ।

२०४८ साल साउन १ गते महासंघमा प्रवेश गरेका ओझाले २०६३ साउन २ गते महासंघबाट अवकाश लिएका थिए। नेपालको उद्योग व्यापार क्षेत्रको राम्रो ज्ञान एवम् विज्ञता हासिल गरेका ओझामा नेपाल(भारत व्यापार विषयमा राम्रो दख्खल थियो ।

ओझा २०२९ सालमा तथ्यांक विज्ञका रूपमा विराटनगर जुट विकास समितिमा जागिरे जीवनमा प्रवेश गरेका थिए। त्यसको दुई महिनामै वाणिज्य मन्त्रालयमा काजमा बोलाइएका ओझा सात वर्ष त्यही कार्यरत रहे । उनले व्यापार प्रवर्द्धन केन्द्रमा तथ्यांक विज्ञका रूपमा समेत काम गरेका थिए ।>>jana boli

You might also like