आन्दोलन थप शसक्त बनाउने तयारीका लागि प्रचण्ड माधव समुहको स्थायी समितिको बैठक बस्दै

0

माघ ११ काठमाण्डौं । संसद विघटन बिरुद्ध आन्दोलित बनेको नेकपा प्रचण्ड माधव समुहले आन्दोलन थप शसक्त बनाउने तयारी थालेको छ । राजधानीमा दुई पटक शक्ति प्रदर्शन गरीसकेको यो समुहले अब अझ प्रभावकारी आन्दोलनका लागि थप कार्यक्रम तय गर्न आज स्थायी समितिको बैठक बोलाएको छ ।

माघ ९ गते राजधानीमा भएको बिशाल प्रदर्शनमा नेताहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई घुडा टेकाएर छाड्ने उद्घोष गरेका थिए ।
सो समुहले १६ गते प्रदेश स्तरमा विरोध र्याली र सभाको तयारी गरेको छ भने अन्य प्रदर्शनहरु जारी राखेको छ ।
अध्यक्ष प्रचण्डले यस अघि आम राजनीतिक हड्ताल सम्म जान सक्ने चेतावनी दिएका थिए ।
यसै गरी नेपाली काँग्रेस र जसपासँग मिलेर सँयुक्त आन्दोलन गर्ने प्रयास यस समुहले गरेको भए पनि अझै सफल हुन सकेको छैन ।
त्यस बिषयमा समेत छलफल हुने एक स्थायी समिति सदस्यले जानकारी दिए ।
आजको बैठक दिउसो साढे १२ बजे पेरिसडाँडामा बोलाईएको छ ।

  • मिर्मिरे अनलाइन
You might also like